प्रतिनिधिसभाले बिस्तारै लय समात्ने सभामुखको अपेक्षा

 ग्लोवल टि.भी.      शनिबार, चैत्र ७, २०७७      0

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले बिस्तारै लय समात्ने दावी गरेका छन् । आज जी.पी.कोइराला मेमोरियल (सामुदायिक) कलेजको वार्षिकोत्सवलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या देखिएको बताए । यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । छलफल, बहस, बादविवाद र सम्वाद हुँदै संसद अघि बढ्ने बताउँदै सभामुख सापकोटाले चुनौतीको सामना गर्न प्रतिकुलतालाई पनि अनुकुलता बनाउने उपाय खोजिरहेको बताए ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले राजनीतिक पार्टीबीच सहमति र सहकार्य हुन नसकेको बताए । दलहरुबीच सहमति कायम गरेर मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *