गुटको प्रस्ताव स्वीकार्य छैन

 ग्लोवल टि.भी.      शनिबार, चैत्र ७, २०७७      0

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन सांसद ज्ञापनपत्र लिएर बालुवाटार पुगेपछि प्रधानमन्त्री ओलीले गुटको प्रस्ताव स्वीकार नहुने जवाफ दिएका हुन् । व्यक्तिगत रुपमा कुनै सांसद तथा केन्द्रिय सदस्यले कुरा राख्छन् भने त्यसलाई बिचार गर्न सकिने तर समूहगत रुपमा संस्था वा गुट बनाएर आएको प्रस्ताव स्वीकार्न नसकिने अध्यक्ष ओलीले स्पष्ट पारे ।

नेपाल पक्षीय सांसद सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेपछि ओलीको यस्तो प्रतिक्रिया आएको हो । अध्यक्ष ओलीले उनीहरुलाई व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *