सरकारले जनताको आशा मार्ने काम गर्यो– डा.महत

 ग्लोवल टि.भी.      शनिबार, चैत्र ७, २०७७      0

नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिष्ट सरकारले जनताको इच्छा, चाहना मार्ने काम गरेको आरोप लगाएका छन् । स्वर्गीय गिरीजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवशको अवसरमा तरुण विभागद्वारा चितवनको टाँडीमा आयोजित कार्यक्रममा सहमहामन्त्री महतले परिस्थिति काँग्रेसको अनुकुल बन्दै गएको बताए । हाम्रो भोटलाई २५ प्रतिशतबाट बढाएर ४५ प्रतिशत पुर्याउनुपर्नेछ । उनले भने,‘ अहिले कम्युनिष्ट भित्रको अस्व्यस्तताले यसलाई बल पुगेको छ । कम्युनिष्ट शासनले पनि सहयोग गरेको छ । तर, कम्युनिष्टको असफलता मात्रै काँग्रेसको सफलता हुन सक्दैन । त्यसको लागि काँग्रेस आँफै बलियो हुनु पनि जरुरी छ ।’

अहिले मुलुकमा प्रजातन्त्रिक विश्वास, मुल्य, मान्यता गुमेको र मुलुकलाई नै असफलता तर्फ लगिएको उनले आरोप लगाए । कम्युनिष्ट सरकार धर्म संस्कृतिमाथि प्रहार गर्न उद्दत रहेको उनको आरोप छ । जनतामा कम्युनिष्टले लादेको भ्रम चिर्न जरुरी रहेको भन्दै सहमहामन्त्री महतले भने,‘कम्युनिष्ट संस्कृति र विचार हामीले सिकेर काम छैन । तर, प्रचार र संगठन गर्न भने कम्युनिष्टबाट सिकौं ।’

पार्टीमा कुनै पनि राजनीतिक निर्णय हुँदा सर्वसम्मतिले भइरहेको भन्दै उनले पार्टीलाई केन्द्रविन्दुमा राख्ने हो भने कुनै पनि समस्या नआउने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *