बालुवाटार बैठक : माधव नेपालसहित ५ नेतालाई स्पष्टीकरण सोध्ने

 ग्लोवल टि.भी.      शनिबार, चैत्र ७, २०७७      0

प्रधानमन्त्री एवंम नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल सहित ५ जनालाई कारवाही गर्ने निर्णय गरेको छ । उनीहरुलाई पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

कारवाही पर्नेमा नेपालसँगै उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र केन्द्रीय कमिटी सदस्य रामकुमारी झाक्री रहेका छन् । बालुवाटारमा आज बिहान बसेको संसदीय दलको बैठकले पनि गुटगत गितिविधि गर्ने नेतामाथि कारवाही गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *