मकवानपुर–१ मा दुई गठबन्धनलाई छिचोल्दै राप्रपाका दिपकबहादुर सिंह उदाय

 ग्लोबल टिभि      बिहिबार, मंसिर ८, २०७९      0

मंसिर ८ –मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धन र एमाले–राप्रपा नेपालको गठबन्धनलाई चकित पार्दै जित हासिल गरेका हुन् ।

सिंह २७ हजार ८१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले २५ हजार ४३४ मत प्राप्त गरिन् ।

सोही क्षेत्रमा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे ।

लामो समय राप्रपाको नेतृत्व गरेका कमल थापाले केही अघि सो पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका थिए । आफ्नै क्षेत्रमा एमालेसँग थापाको तालमेलका बाबजुद राप्रपाका सिंहले जित हासिल गर्नु असामान्य उपलब्धि मानिएको छ ।

सिंह गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार बनेर पराजित भएका थिए । नेपाल राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका सिंह २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार रहे पनि डोरमणि पौडेलसँग १ हजार २ सय मतान्तरले पराजित भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *