ओलीको नैतिकतामाथि प्रकाशमानको प्रश्न

 ग्लोवल टि.भी.      आइतवार, चैत्र ८, २०७७      0

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार पार्टी प्रवेश कार्यक्रममा नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले न्युनतम नैतिकता समेत नदेखाएको उनको आरोप छ ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजिनामा माग नगरेको परिस्थिति भएपनि राजनीतिको मुल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको तर्क छ । नेता सिंहले कम्युनिष्ट पार्टीले पाँच वर्षका लगि दिइएको म्याण्डेड पुरा गर्न नसकेको बताए । देशलाई अस्थिरता बाट बचाउन सबै दल मिलेर निकास दिनुपर्ने उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *