जोशी परिवारले सरकारी सहयोग नलिने

 ग्लोबल टिभि      आइतवार, चैत्र ८, २०७७      0

सरकारले दिने भनेको १० लाख रुपैयाँ काँग्रेस नेता नविन्द्रराज जोशी परिवारले अस्वीकार गरेको छ । मस्तिष्कघात भएपछि नर्भिक अपस्तालमा उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई भेटेर उपप्रधानमन्त्री इश्वर पोखरेलले उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले नेता जाशीको स्वास्थ्य उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । तर, जोशी परिवारले सहयोग नलिने निर्णय गर्दै उक्त रकम विपन्न वर्गको स्वास्थ्य उपचार खर्च गर्न सुझाव दिएको छ ।

पूर्व उद्योग मन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीले आर्थिक अभावमा उपचार हुन नसकी कसैले ज्यान गुमाउन नपरोस भन्ने हेतुले सहयोग अभियान नै चलाउँदै आएका छन् । जोशीले आफ्ना पिता गजेन्द्रराज जोशीको नाममा गरिब, दुःखीको उपचारका लागि वीर अस्पतालमा १० लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *