बाँके–१ (क)मा नागरिक उन्मुक्ति पार्टीका चौधरीलाई हराउँदै माओवादीकी कृष्णा केसी निर्वाचित

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९ –नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट दोस्रोपटक निर्वाचित भएकी छिन् ।

उनी एक हजार एक सय ३७ मतको अन्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केसीले नौ हजार एक सय तीन मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्धन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार नौ ६६ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका राप्रपाका नरेन्द्रकुमार पौडेलले सात हजार दुई सय ५८ मत पाए । सो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अम्बरबहादुर खड्काले तीन हजार सात सय छ मत ल्याए ।

माओवादी नेतृ केसी यसअघि विसं २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *