बर्दिया–१ (ख)मा एमालेका विश्वकर्मालाई हराउँदै नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

 ग्लोबल टिभि      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९ –नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी बर्दिया क्षेत्र नं १ (ख) प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले १३ हजार दुई सय ३० मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का भक्तबहादुर विश्वकर्माले १२ हजार एक सय ८३ मत प्राप्त गरे ।

चौधरी एक हजार ४७ मतको अन्तरले विजयी हुन सफल भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी अञ्जु दहितले ११ हजार चार सय ९० मत पाइन् । दहित बारबर्दिया नगरपालिकाकी पूर्वउपप्रमुख हुन् ।

बर्दियामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाकै मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा–१ मा कांग्रेसका सञ्जयकुमार गौतम, क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार लालवीर चौधरी, क्षेत्र नं १ (१) का सदस्य कांग्रेसका भुवनेश्वर चौधरी, १ (२) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी र क्षेत्र नं २ (१) मा जन्मजय तिमिल्सेना र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी क्षेत्र नं २ (२)मा विजयी भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *