नवलपरासी २ मा पूर्व गृहराज्यमन्त्री कँडेललाई हराउँदै राप्रपाका प्रधान विजयी

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९ –राप्रपाका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधान पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा सदस्य पदमा भारी मतले निर्वाचित भएका छन् । प्रधान निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतले पछाडि पार्दै विजयी भएका हुन् ।

प्रधानले ३४ हजार ९५९ मत प्राप्त गरेका छन् भने कँडेलले १९ हजार ५९४ मत पाएका छन्। त्यस्तै एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४९८ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा कुल १ लाख २२ हजार ६८० मत रहेकोमा ८८ हजार ५२३ मत खसेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *