माधप नेपालको पार्टीले प्रतिनिधिसभामा १० सिट जित्यो, क–कसले जिते?

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९ –प्रतिनिधिसभामा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले १० सिट जितेको छ। जारी मतगणनामा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट १९ सिट भाग पाएकामा १० सिटमा जित दर्ता गराएको छ ।

अब कतैपनि समाजवादीको अग्रता छैन । जारी मतगणनामा इलाम १ मा झलनाथ खनाल एमालेका उम्मेदवार भन्दा पछिपछि रहेका छन् ।

एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल रौतहट १ बाट विजयी भएका छन् । यस्तै उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे धादिङ १, कृष्ण कुमार श्रेष्ठ (किसन) बारा ४, शेर बहादुर कुँवर अछाम १ अम्मर बहादुर थापा दैलेख १नेताहरु प्रकाश ज्वाला सल्यान, भानुभक्त जोशी बझाङ, प्रेम बहादुर आले डोटी, मेटमणि चौधरी दाङ १, र धन बहादुर बुढा डोल्पाबाट विजयी भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *