राष्ट्रपति भण्डारी सोमबार बंगलादेश जाँदै

 ग्लोबल टिभि           0

दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बंगलादेश जाने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन् । उनले त्यहाँ रहँदा बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदसँग दुईपक्षीय हितको विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।
त्यस्तै, राष्ट्रपति भण्डारीले नेपाल–बंगलादेशबीच सम्बन्धको बारेमा पनि प्रवचन दिने कार्यक्रम तय भएको छ । राजधानी ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग छलफल गर्ने कार्यसूची पनि छ । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी सहभागी हुनेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *