जनताको मत खेर नजाने गरी काम गर्छुः नवनिर्वाचित सांसद बस्नेत

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९ –सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नवनिर्वाचित नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले जनताको मत खेर नजानेगरी काम गर्ने बताएका छन् ।

विजयी भएपछि एक भिडियो सन्देश जारी गर्दै बस्नेतले आफूले पाएको मतको सम्मान हुनेगरी राखेका प्रतिबद्धताहरु आफू र संयुक्त बाम लोकतान्त्रिक दलहरु मिलेर संयुक्त रुपमा पूरा गर्ने बताएका छन् ।

उनले भनेका छन्–‘जिल्लाको भविष्यका लागि, यो जिल्लाको उन्नती, प्रगतिको लागि, विकास र समृद्धिका लागि हामी अहोरात्र खटिनेछौँ । राजनीतिक व्यवस्थाप्रति अलि अलि वितृष्णा जागेको हो कि भन्ने कुरा चर्चामा आउन थालेको छ त्यो कुरालाई समेत ध्यानमा राखेर राजनीतिक दलहरुले जनताका प्रतिनिधिहरुले जनतका लागि विकासको काम गर्न तयार छौँ ।’

उनले जनताका लागि गर्नुपर्ने काम, कानुन निर्माण गर्ने काममा खेल्नुपर्ने भूमिका सबै कुरालाई ध्यानमा राखेर इमान्दारितापूर्वक जनता र राष्ट्रलाई साक्षी राखेर हामी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *