प्रतिनिधिसभातर्फ कास्कीमा तीन वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९ –कास्कीमा प्रतिनिधि सभा तर्फ ३ वटै निर्वाचन क्षेत्र एमाले उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा मन बहादुर गुरुङ विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका किशोरदत्त बराललाई पराजित गरे । गुरुङले २५ हजार ७ सय ८ मत ल्याउँदा बराल २३ हजार १ सय ८९ मतमा ल्याएका हुन् ।

१ (क) र (ख)मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । (क) मा एमालेका खगराज अधिकारी विजयी भए भने (ख) मा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ विजयी भए ।

यस्तै, कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । प्रदेश तर्फ भने एमाले कांग्रेसले एक÷एक सिट जितेका छन् । २ (क) मा पनि एमालेका भीम कार्की विजयी भए । यस्तै, २(ख) मा नेपाली कांग्रेसका विन्दु थापा विजयी भए ।

कास्की क्षेत्र नम्बर ३ पनि एमालेकै दामोदर बैरागी पौडेल विजयी भएका छन् । गण्डकी प्रदेश सभा तर्फ भने एमाले र कांग्रेसले एक÷एक सिट जितेका छन् । ३ (क) मा एमालेका गणेशमान गुरुङ र ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी भए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *