१० खेलाडीमा सिमित वेल्स इरानसँग पराजित

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0
DOHA, QATAR – NOVEMBER 25: Ali Gholizadeh of IR Iran scores a goal past Wayne Hennessey of Wales that was ruled offside during the FIFA World Cup Qatar 2022 Group B match between Wales and IR Iran at Ahmad Bin Ali Stadium on November 25, 2022 in Doha, Qatar. (Photo by Julian Finney/Getty Images)

मंसिर ९– विश्वकप फुटबलमा ग्यारेथ बेलको टिम वेल्स इरानसँग पराजित भएको छ। खेलको ८६ औं मिनेटमा १० खेलाडीमा समेटिएको वेल्स अतिरिक्त समयमा २ गोल खाँदै एशियन देश इरानसँग स्तब्ध भएको हो।

वेल्सका गोलरक्षक हेनेस्सेले रातो कार्ड खाँदै मैदान छाडे। यो विश्वकपमा रातोकार्ड खाने उनी पहिलो खेलाडी हुन्। हेनेसले इरानका मेहदी तारेमीलाई खराब ट्याकल गरेपछी रेफ्रिले भिएआरको सहायतामा रातोकार्ड देखाएका हुन्।

अतिरिक्त समयको ८ औं मिनेटमा रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि इरानले दोस्रो गोल थप्दै महत्वपुर्ण ३ अंक बटुल्दै अन्तिम १६ को संभावना जिवित राखेको हो।

इरानका लागि दोस्रो गोल रामिन रेजाएनले गरे। पहिलो खेलमा इङ्ल्याण्डसँग पराजित भएको इरानले ३ अंक जोडेको छ। वेल्सले भने पहिलो खेलमा अमेरिकासँग १ः१ को बराबरी खेलेको थियो। यो नतिजाले दुवै टोलिको अघिल्लो चरण यात्रा कायम छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *