के-के हुन्छ निर्वाचित सांसदको सुविधा? कसरी दलले राष्ट्रिय दलको मान्यता पाउँछन्?

 ग्लोबल टिभि      आइतवार, मंसिर ११, २०७९      0

मंसिर ११ –नेपालको संविधानअनुसार राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा,सुविधामा भने खासै भिन्नता छैन ।

यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ । नयाँ सांसद निर्वाचित भएर आएसँगै उनीहरुको सेवा सुविधा के होला भन्ने आम नागरिकको चासोको विषय रहन्छ । निर्वाचित सांसदहरुले संसद सचिवालयबाट कस्तो सुविधा पाउँछन् भन्ने कुरामा यतिबेला नयाँ सांसदहरु चुनिएसँगै सबैको ध्यान गएको छ ।

‘विपक्षी दलको प्रमुख सचेतक तोक्ने व्यवस्था छ । विपक्षी दलको प्रमुख सचेतकले पनि सेवा सुविधा पाउँछ । विपक्षी दलको सचेतक भन्ने व्यवस्था छ । विपक्षी दलको सचेतक पनि विपक्षी दलको नेताले तोकेको १ जना सदस्यले सचेतकको रुपमा सेवासुविधा पाउँछ । सत्ता पक्षको प्रमुख सचेतक रहने व्यवस्था छ । १० प्रतिशत भन्दा बढी सदस्य भएको कुनैपनि दलको नेताले सत्ता पक्षको प्रमुख सचेतक तोक्ने व्यवस्था छ ।

१० प्रतिशत वा सो भन्दा बढी सदस्य नभएको अवस्थामा १० जना भन्दा बढी सदस्य भएको छ कुनै दल भने त्यस्तो दलले दलको प्रमुख सचेतक तोक्ने व्यवस्था छ । सत्ता पक्षको प्रमुख सचेतक र दलको प्रमुख सचेतक भन्नेकुरा छ । १० प्रतिशत भन्दा बढी सदस्य रहेको दलले सत्ता पक्षको प्रमुख सचेतक तोक्ने,त्यस्तै अरु सबै दलले १० जना भन्दा बढी भाये भने त्यस्तो दलले दलको प्रमुख सचेतक तोक्ने व्यवस्था छ । यदी प्रमुख सचेतक पनि तोक्यो र दलको प्रमुख सचेतक पनि तोक्छु भन्यो भने पाउँदैन । किनभने दलको काम गर्न प्रमुख सचेतक भन्ने व्यवस्था हो । त्यस्तै अर्को सत्ता पक्षको सचेतक भन्नेपनि हुन्छ । यदी बहुमत प्राप्त दल छैन,भने त्यस्तो अवस्थामा प्रधानमन्त्रीले तोक्ने व्यवस्था छ ।

बहुमत प्राप्त दल भयो भने त्यो दलले तोक्छ । यदी त्यो नभए प्रधानमन्त्रीले सत्तापक्षको सचेतक भइ काम गर्नको लागि सत्तापक्षको सचेतक तोक्ने व्यवस्था छ । ऐनमा तोकिए बमोजिमको नै सेवा सुविधा पाउनुहुनेछ ।’

निर्वाचित भएर आउने प्रतिनिधि सभा सदस्यले पारिश्रमिकका अलावा एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था रहेको छ। स्वकीय सचिवले राजपत्राङ्कित तृतीय श्रेणीको सेवासुविधाका साथै अतिरिक्त मासिक १ हजार रुपैयाँ भत्ता पाउने व्यवस्था रहेको छ । निर्वाचित सदस्यले ३ हजार सञ्चारसुविधा,आवास सुविधा १८ हजार,यदि काठमाडौं उपत्यकामा नै घर भएको खण्डमा मर्मतसम्भारका लागि मासिक ९ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ।

त्यस्तै फर्निचर व्यवस्थापनका लागि निर्वाचित भएको बेलामा १५ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ भने धारा,बिजुली,पानीका नाममा मासिक २ हजार,मासिक १ हजार अतिथि सत्कारका लागि पाउने व्यवस्था रहेको छ । सदस्यले बैठकमा उपस्थित भए बापत यातायात खर्च १ हजार रुपैयाँ र बैठक भत्ता भनेर १ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ ।

निर्वाचित सांसदले एकैदिन समितिको बैठक र सभाको बैठक भएको खण्डमा भने कुनै एकको मात्रै सुविधा पाउने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *