बसुधा –चुनावको अन्तिम परिणाम आउने क्रममा पुगेको छ । तर अहिले प्रत्यक्षतर्फ सिट जितेका सबै दल भने राष्ट्रिय दलको मान्यता पाउनेछैनन् । राष्ट्रिय दलको मान्यता नपाउँदा संसदीय दलको कार्यालय समेत उपलब्ध नहुने व्यवस्था छ । तर थ्रेसहोल्ड पास नगरेको भएपनि प्रत्यक्षतर्फ दुई सिटभन्दा बढि जित्ने दललाई कार्यालयको सुविधा दिइने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
चुनावको अन्तिम परिणाम सार्वजनिक हुने क्रममा छ । अहिलेको चुनावमा प्रत्यक्षतर्फ चुनाव जितेका सबै दल राष्ट्रिय दलको मान्यता भने पाउनेछैनन् । राष्ट्रिय दल बन्नको लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा, सुविधामा भने खासै भिन्नता छैन । यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले राष्ट्रिय दल बन्नको लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको बताए। उनले प्रत्यक्षतर्फ २ जना निर्वाचित सदस्य भएको खण्डमा भने संसदीय दलको कार्यालय पाउने व्यवस्था रहेको बताए । धमलाले संसदीय दलको कार्यालय स्थापना भइसकेपछि मात्रै संसदीय दलको कार्यालयलाई संघीय संसद सचिवालयले उपलब्ध गराउनुपर्ने सेवा,सुविधाहरु दिइने बताए ।
प्रमुख विपक्षी दलले प्रमुख सचेतक र सचेतक तोक्ने कानूनी व्यवस्था छ । विपक्षी दलको प्रमुख सचेतकले पनि ऐन अनुसार सेवा सुविधा पाउने व्यवस्था छ । सत्ता पक्षमा पनि एक जना सचेतक रहने व्यवस्था छ । १० प्रतिशत वा सो भन्दा बढी सदस्य नभएको अवस्थामा १० जना भन्दा बढी सदस्य भएको दलले पनि प्रमुख सचेतक तोक्ने व्यवस्था रहेको छ ।
स्वकिय सचिवले राजपत्राङ्कित तृतीय श्रेणीको सेवासुविधाका साथै अतिरिक्त मासिक १ हजार रुपैयाँ भत्ता पाउने व्यवस्था रहेको छ । निर्वाचित सदस्यले ३ हजार सञ्चारसुविधा, आवास सुविधा १८ हजार यदी काठमाडौं उपत्यकामा नै घर भएको खण्डमा मर्मतसम्भारका लागि मासिक ९ हजार रुपैयाँ पाउने लगाएतको व्यवस्था रहेको छ । एकैदिन समितिको बैठक र सभाको बैठक भएको खण्डमा भने कुनै एकको मात्रै सुविधा पाउने छन् ।
Leave a Reply