कैलाश/नरेश –यसपटकको निर्वाचनमा मधेस केन्द्रित दलहरुले कमजोर नतिजा ल्याएका छन् । उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीसहित मधेस र तराईकेन्द्रित पार्टीले यो चुनाबमा कमजोर नतिजा ल्याएका हुन् । ठुला दलसँग तालमेल गरेपनि शिर्ष नेताहरुले नै चुनाव समेत हारेका छन् ।
२०६२/६३ सालको दोश्रो जनआन्दोलनपछि मधेसबाट उदाएका मधेस केन्द्रित दलहरुले यसपटकको चुनाबमा कमजोर नतिजा ल्याएका छन । बिभिन्न पार्टी र समुहसंग एकता गर्दै मधेसबाट उठेर राष्ट्रिय राजनीतिमा प्रभाब जमाएका उपेन्द्र यादब, राजेन्द्र महतो जस्ता मधेसका चर्चित नेताहरु नै यसपटकको चुनाबमा पराजित भएका छन । २०७४ सालको आम चुनाब सम्म मधेसमा मधेस केन्द्रित दलहरुको राम्रै प्रभाब थियो । २०७४ सालको आम चुनाबमा उपेन्द्र यादबको संघीय समाजवादी फोरमले ९ र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) ले १० सिट जितेको थियो । तर यसपटक राजपा बाट जसपा हुदै लोसपा बनेको महन्थ ठाकुरको पार्टीले ४ सिटमै चित्त बुझाउन बाध्य भएको छ । संघिय समाजवादी फोरमबाट जसपा बनेको उपेन्द्र यादबको पार्टीले ६ सिट जितेको छ । २०६४ सालमा भएको पहिलो संबिधान सभाको पहिलो निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले ५४, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले २१ सिट जितेको थियो । यसपटक भने प्रतिनिधि सभामात्रै नभएर प्रदेशसभातर्फ पनि कमजोर नतिजा ल्याएको छ । २०६४ सालमा जबरजस्त नतिजा ल्याएर सिंहदरबारलाई समेत अत्याउन सफल भएका मधेस केन्द्रित दलहरु आखिर किन कमजोर भईरहेका छन ?
उपेन्द्र यादव र महन्थ ठाकुर जस्ता पुराना र अनुभवी नेताको पार्टीले कमजोर नतिजा ल्याउदा मधेसमा भर्खरै खुलेको सिके राउतको जनमत पार्टीले भने पहिलो पटकमै प्रभाव जमाउन सफल भएको छ । स्वयम सिके राउतले सप्तरी २ बाट चुनाब जितेका छन ।
यसअघिका निर्वाचनमा पुर्व देशी पश्चिमसम्म तराईका जिल्लामा प्रभाब जमाएका मधेस केन्द्रित दलहरुको यसपटकको चुनाबबाट पहाडी र हिमाली क्षेत्रमा समेत पकड बनाउने प्रयास थियो । तर टुटफुट र बिभाजन सहित सत्ताको राजनीतिमा केन्द्रित बनेका मधेस केन्द्रित दलहरुलाई स्वयं मधेसकै जनताले पत्याउन सकेनन् ।
Leave a Reply