ग्लोबल टिभि
सोमवार, मंसिर १२, २०७९
0
मंसिर १२ –नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले धनुषा ४ मा अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।
यादवले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठभन्दा साढे ५ सय मतको अग्रता लिएका छन्। अहिलेसम्म यादवले २६ हजार ५१० र महासेठले २५ हजार ९६३ मत प्राप्त गरेका छन्। यी दुईबीचको मतान्तर ५४७ रहेको छ।
धनुषा ४ मा अझै ७ वटा वडाको झन्डै १२ हजार मत गणना गर्न बाँकी छ।
Post Views: 954
Leave a Reply