दोलखामा चुनावको मिति तोक्न निर्वाचन व्यवस्थापन समितिको बैठक जारी

 ग्लोबल टिभि      सोमवार, मंसिर १२, २०७९      0

मंसिर १२ –पुनः निर्वाचन गराउने विषयमा छलफल गर्न दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसिरहेको छ । मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका अधिकारीसहितको बैठक अहिले बसिरहेको हो । निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको छ ।

‘१५ गते डेडलाइन छ हामीलाई, १४ वा १५ हाम्रो विकल्प हो,’ उनले भने, ‘त्यसमा सेक्युरिटीले जे भन्छ त्यही हुन्छ ।’ धाँधलीरहित निर्वाचन गराउन सुरक्षा व्यवस्थापन नै मुख्य कुरा हुने भन्दै उनले सुरक्षा अधिकारीहरुको सुझावको आधारमा निर्वाचनको मिति तोक्ने बताए ।वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।

दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर मंसिर १५ गतेभित्र पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *