मंसिर १२ –इम्बोस्ड नम्बर प्लेटको जडानलाई यातायात व्यवस्था विभागले फेरि एकपटक जबरजस्ती कार्यान्वयनमा लैजाने तयारी गरेको छ । विभागले जारी गरेको मङ्सिर ८ गतेको सूचनामा २०७९ कात्तिक २८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको निर्णय अनुसार फागुन महिनाभित्र सरकारी, संस्थान लगायतका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्यरुपमा जडान गर्नुपर्ने व्यहोरा उल्लेख गरेको हो ।
मन्त्रालयले दिएको निर्देशनात्मक आदेशपछि विभागले सबै सरकारी कार्यालय र मन्त्रालयहरूमा कार्यान्वयनका लागि र फागुनभित्रै इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न आग्रह गरेको छ । त्यति बेलासम्म पनि सरकारी सवारीसाधनहरूले इम्बोस्ड नम्बर प्लेट जडानमा चासो नदिए ती सवारीसाधनलाई कारबाही गरिने समेत विभागले बताएको छ । विभागले बाध्यकारी बनाएर इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी गरे पनि इम्बोस्ड नम्बर प्लेटका कतिपय विवाद भने अझै समाधान भएका छैनन् ।
तर सरकारले ६ वर्षअघि २५ लाख थान सवारीसाधनमा ५ वर्षभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भनेर गरेको ठेक्काको सम्झौताको पहिलो समय सकिइसकेको छ । अदालतमा मुद्दा परेपछि निरूपण गर्न लागेको समय तीन वर्षलाई आधार मानी सम्झौताको अवधि तीन वर्ष थप गरी सोही समयभित्रै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विभागको तयारी छ ।
Leave a Reply