मंसिर १३ –सोमालियाको राजधानी मोगादिसुमा रहेको एक चर्चित होटलमा इस्लामिक लडाकु समूह अल शबाबले गरेको आक्रमणमा चार जना मारिएका छन् ।
उक्त होटेललाई रातभर घेराबन्दी गरी अल शबाब लडाकुले आक्रमण गरेको र घटनामा चार जनाको मृत्यु भएको सुरक्षा निकायका अधिकारीले एएफपीलाई जानकारी दिएका छन् । आतंककारीहरूले राष्ट्रपति भवननजिकैको होटलमा गोली प्रहार गरेको १२ घण्टाभन्दा बढी समयपछि पनि गोली र विस्फोटको आवाज सुनिएको थियो । बन्दुकधारी सरकारी सेनाले घेरिएको होटलको एउटा कोठामा लुकेका राष्ट्रिय सुरक्षा निकायका अधिकारी मोहम्मद दाहिरले एएफपीलाई बताएका छन् । सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको कार्यालयबाट केही ब्लकको दूरीमा रहेको राजधानीको सुरक्षित मध्य भागमा रहेको भिल्ला रोज भन्ने होटेलमा बारम्बार सांसदहरूको आवत जावत हुने गरेको बताइएको छ ।
विगत १५ वर्षदेखि सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्ने प्रयास गरिरहेको अल–कायदासँग आबद्ध अल शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।
Leave a Reply