उदयपुर–१ मा पुनः सुरु भयो मतगणना

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १३, २०७९      0

मंसिर १३ –मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उदयपुर १ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । निर्वाचन आयोगको निर्देशअनुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो ।

गत शनिबार बिहान क्षेत्र नं १ को मतगणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङ्क अनुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो ।

नेकपा एमालेसहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *