मंसिर १४ –नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरुसँग छलफल गरेका छन्। उनि काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उम्मेदवार हुन ।
छलफलमा काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीम बहादुर मगर, रमेश के.सी, मधुसुदन पाठक, विनिता अर्याल उपस्थित थिए। सहभागी उम्मेदवारहरुले निर्वाचित सांसद पौडेलले निर्वाचन पश्चात छलफल कार्यक्रम आयोजना गरेर नयाँ शैलीको थालनी गरेको भन्दै आफ्नोे तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्दता व्यक्त गरे।
छलफल कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद प्रदीप पौडेलले काठमाडौं ५ मा सहभागी भएका सबै उम्मेदवारहरूका सल्लाह र सुझावका आधारमा अघि बढ्ने बताए। आगामी दिनमा पनि उम्मेदवारहरुसँग गरिने यस्ता छलफलका कार्यक्रमहरु निरन्तर आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गरे।
सो अवसरमा यस क्षेत्रका जनताको सल्लाह, सुझाव र गुनासाहरु तथा यस क्षेत्रमा रहेका समस्याहरु सम्बोधन गर्न र सांसदसँग जोडिने माध्यमका रुपमा प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको गुनासो एपलाई सांसद पौडेलको सचिवालयले थप परिमार्जन सहित अगाडी बढाउने विषयमा समेत छलफल भएको छ।
Leave a Reply