राष्ट्रपति भण्डारी र शेख हसिनाबीच भेटवार्ता

 ग्लोवल टि.भी.      सोमवार, चैत्र ९, २०७७      0

राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । बंगलादेशको दुईदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री हसिनाको राजधानी ढाकामा भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा.एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *