ग्लोबल टिभि
मङ्लबार, चैत्र १०, २०७७
0
प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
Post Views: 878
Leave a Reply