चिनमा प्रर्दशन बढेपछि लकडाउन खुकुलो बनाइँदै

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १६, २०७९      0

मंसिर १६ –चीनले विरोध र प्रदर्शन देशव्यापी बढ्दै गएपछि कोरोना भाइरस रोकथामका लागि लागू गरेको लकडाउन केही खुकुलो पारेको छ ।

सांघाई र गोङजाउ सहरका केही जिल्लामा लकडाउन हटाइएको छ । त्यस्तै, चोङकिङगमा पनि लकडाउन खुकुलो पारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।सरकारले शून्य कोभिड नीतिको नाममा नागरिकलाई घरभित्रै थुन्ने र आर्थिक क्रियाकलाप ठप्प पार्ने काम गरिहेको भन्दै यसअघि विभिन्न सहरमा प्रदर्शन भएका छन् ।

सरकारले बाहिर निस्कन नदिएका बेला पश्चिमी सिनजियाङ क्षेत्रको एक भवनमा गएको हप्ता आगलागीका कारण १० जनाको ज्यान गएपछि प्रदर्शन सुरु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *