शारीरिक रुपमा नै अस्वस्थ वर्तमान नेतृत्वले चुनौतीको सामना गर्न सक्दैनः कांग्रेस नेता भण्डारी

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर १६, २०७९      0

मंसिर १६ –वर्तमान पार्टीका नेतृत्वहरुबाट नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका छन् ।

शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरु शारीरिक रुपले पनि अस्वस्थ भएकाले चुनौतीको समाधान गर्न नसक्ने बताए ।

वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने उनले बताए । सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे पार्टीभित्र र गठबन्धन भित्र बसेर सहमति गरिने उनको भनाइ छ ।

जिल्लामा अधुरा तथा नयाँ बिकास निर्माणका कामहरुलाई पूरा गर्नेगरी काम गर्ने भण्डारीले बताए । पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उनको दाबी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *