नेपाल भारतसीमामा भारतीय पक्षले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेकोप्रति नेपाली काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सीमा क्षेत्रमा निर्माणधीन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालय मौन रहेको भन्दै आपत्ति जनाएका हुन् । दार्चुलास्थित महाकाली नगरपालिका–५ को सीमाक्षेत्रमा भारत सरकारले तटबन्ध बनाइरहेको भन्दै उनले नेपाल सरकारको ध्यानाकर्षण गराए ।
तीन महिना यता नेपाल सरकारको कुनै सहमति र जानकारी बिना एकतर्फी रुपमा नेपालको समेत जमिन समेटेर तटबन्ध निर्माण गरिरहेको छ । उनले भने,‘ यसमा सरकार बेखबर छ ।’
संसदमा उनले भने, ‘सिडिओलाई सोध्दा नेपाल सरकार के गरिरहेको छ । हामीले ढुङ्गा हानेर हुँदैन भन्ने जवाफ दिनुहुन्छ ।’ उनले थपे,‘किन सरकार मौन छ ? परराष्ट्र मन्त्रालयले कुनै जानकारी छैन भनेर अनविज्ञता जनाइरहेको छ । के हुँदैछ ? कसको सेवा हुँदैछ यो ? गाउँका गाउँ सखाप हुँदा पनि हामी बोल्दैनौं किन ?’ आफ्नो सार्वभौमसत्ता र माटोको विषयमा पनि बोल्न नसक्ने यो सरकार कसरी राष्ट्रवादी भन्दै उनले प्रश्न गरे ।
सरकारले आफुलाई राष्ट्रवादी भन्ने गरेपनि सो अनुरुपको व्यवहार नदेखाएको उनको आरोप छ ।
Leave a Reply