ग्लोबल टिभि
0
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्रीको निर्णय स्थापित गर्न सरकारले संसदलाई कामविहीन बनाउन लागेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद थापाले विधेयक अधिवेशनमा काम गर्न तयार रहे पनि सरकारले संसदलाई एउटा पनि विधेयक नदिएको बताए ।
केपी शर्मा ओली नेतृत्वको सरकार रहँदासम्म संसदको तिरस्कार, अमपान र उपेक्षा गर्ने काम भइरहने उनले आरोप लगाए । उनले भने,‘किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ ।’ ‘एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन नदिएको भन्दै हल्ला फैलाउने सरकारले संसदलाई एउटा पनि विधेयक नदिने ? उनले प्रश्न गरे ।
Post Views: 1,109
Leave a Reply