प्रदेश १ मा कुन सांसदको उमेर कति? सबैभन्दा कान्छो जीवन आचार्य, ज्येष्ठमा गयानन्द मण्डल

 ग्लोबल टिभि      आइतवार, मंसिर १८, २०७९      0

मंसिर १८ –माओवादी केन्द्रका नेता जीवन आचार्य प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित ५६ सांसदमध्ये सबैभन्दा कान्छो सांसद भएका छन् । आचार्यको उमेर ३६ रहेको छ । यस्तै सबैभन्दा बढी उमेरका काँग्रेसका गयानन्द मण्डल बनेका छन् । उनी ७९ वर्षका हुन् ।

आचार्य मोरङको क्षेत्र नम्बर ६ (१)बाट निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार रिता न्यौपानेलाई पराजित गरेका हुन् । ३६ वर्षीय आचार्यले आफूभन्दा ८ वर्षले जेठी न्यौपानेलाई १ हजार ८७८ मतले पराजित गरेका हुन् । उनले १९ हजार ४५५ मत ल्याउँदा न्यौपानेले १७ हजार ५७७ मत ल्याएकी थिइन् ।

उता सबैभन्दा जेष्ठ सांसद मण्डल मोरङको क्षेत्र नम्बर ५ (१)बाट आफूभन्दा २४ वर्ष कम उमेरका एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । मण्डलले १८ हजार ८४३ मत ल्याउँदा साहले भने ९ हजार ४०५ मत ल्याएका थिए ।

यस्तै कम उमेरका सांसदहरुमा छविलाल चुँडाल ३९ तथा खगेनसिंह हाङ्माङ, इन्द्रबहादुर आङ्बो, सविना बजगाई र दुर्गा चापागाईं ४० वर्षका छन् । यस्तै गोम्बु शेर्पा र रामकुमार खत्री भने ४१ वर्षका छन् । सबैभन्दा बढी उमेरका मण्डलपछि भने सुनसरीका ७१ वर्षीय रोहितबहादुर कार्की छन् । उनी एमालेका सांसद हुन् ।

कार्कीले आफूभन्दा २४ वर्ष कान्छी उमेरकी माओवादी नेतृ सरस्वती पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् । कार्कीले १८ हजार ६४१ मत पाउँदा पोखरेले भने ९ हजार ४९८ मत पाएकी थिइन् । अन्य विजयी सांसदहरु ६५ वर्षभन्दा कम उमेरका छन् । यस्तै एमालेका खड्गबहादुर बस्नेत र रामप्रसाद महतो ६७ वर्षका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *