ओलीसामु आत्मसमर्पण गर्दिन

 ग्लोवल टि.भी.      मङ्लबार, चैत्र १०, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगरिने स्पष्ट पारेका छन् । मंगलबार आफ्नो पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताएका हुन् ।

। उनले भने, ‘हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? के केपी ओलीको टाङमुनी छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टिकरणबाट हामी तर्सिएका छैनौं । हामी आतंकित भएका छैनौं । त्यसको सामना गर्न तयार छौं ।’

अध्यक्ष ओली पक्षले सोधेको स्पष्टिकरणबाट भागेर मैदान नछाडने र पार्टी नफुटाउने पनि नेता नेपालले बताए । आफु कहिल्यै अलमल र द्धिविधामा नरहेको भन्दै नेता नेपालले चुनौतिको सामना गर्दै अगाडी बढ्ने बताए । अध्यक्ष ओलीको अहिलेको चुरिफुरी प्रधानमन्त्रीको कुर्चीमा बस्दासम्म मात्रै रहेको उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *