राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

 ग्लोवल टि.भी.      मङ्लबार, चैत्र १०, २०७७      0

बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किएकी छिन् । उनी अपरान्ह नेपाल आइपुगेकी हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न उपराष्ट्रपति नन्दवहादुर पुन, प्रधानमन्त्री के.पी.शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेना लगायत मन्त्रीहरु पुगेका थिए ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । राष्ट्रपति भण्डारी सहित नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *