एमाले पार्टी कार्यालय अब थापाथलीमा, अध्यक्ष ओलीले गरे निरीक्षण

 ग्लोवल टि.भी.      बुधबार, चैत्र ११, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी कार्यालय धुम्बराहीबाट थापाथली सारिने भएको छ । नयाँ बन्ने पार्टी कार्यालय भवनको बुधबार अध्यक्ष एवं प्रधानमन्त्री ओली सहितका नेताले निरीक्षण गरेका छन् । नयाँ कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सार्न लागिएको हो ।

साढे २ तलाको उक्त घरमा १३ कोठा रहेको बताइएको छ । उक्त भवनमा कार्यालय राख्न पाँच वर्षको लागि सम्झौता भएको एमालेले जनाएको छ । नयाँ वर्षको दिन नयाँ कार्यालयमा सर्ने तयारी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *