भारतमा सत्तारुढ भाजपाको ऐतिहासिक जित, हराए कांग्रेस र आम आदमी पार्टी

 ग्लोबल टिभि      शुक्रबार, मंसिर २३, २०७९      0

मंसिर २३ –भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा फेरी पनि भारी बहुमतसहित सरकार बनाउने भएको छ ।

गत साता गुजरात र हिमाञ्चल विधान सभाका लागि भएको निर्वाचनको बिहिबार भएको मतगणनामा भाजपाले १ सय ५६ सिट जित्दै ऐतिहासिक बहुमत ल्याएको हो । १ सय ८२ सदस्यीय गुजरात विधान सभामा १ सय ५६ सिटको जित अहिलेसम्मकै बढी हो । योसँगै भाजपाले गुजरातमा लगातार छैटौं पटक बहुमत ल्याएको हो । यो पनि अर्को रेकर्ड भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विपक्षी कांग्रेसले १७ र आम आदमी पार्टीले ५ सिट मात्रै जितेका छन् । गुजरातमा भाजपाको ऐतिहासिक जितले भारतीय राजनीतिमा प्रधानमन्त्री नरेन्द्र मोदीको जादु चल्ने क्रम जारी रहेको विश्लेषण गरिएको छ ।

उता, अर्को राज्य हिमाञ्चलमा भने भाजपाले सत्ता गुमाएको छ ।६८ सदस्यीय विधान सभामा कांग्रेस आइले ४० सिट जित्दै बहुमत ल्याएको छ । भाजपा भने २५ सिटमा समेटिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *