मंसिर २३ –पार्टीका कुनै पनि नेतालाई कारबाही नगरेको नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटीका इन्चार्ज गणेश साहले बताएका छन् । पार्टीका केन्द्रीय सचिवसमेत रहेका साहले एक विज्ञप्ति जारी गर्दै पार्टीले कसैलाई पनि कारबाही नगरेको स्पष्ट पारेका हुन् ।
‘माओवादीले कुनै पनि पोलिटब्यूरो सदस्यलाई कारवाही नगरेको पार्टी पंक्ति लगायत आमजनसमुदायलाई यसै वक्तव्य मार्फत जानकारी गराउँछौं । यस्ता भ्रमक, निराधार, कपोकल्पित तथा मिथ्य समाचार सम्प्रेण नगर्न आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यमले सत्य, तथ्य नबुझी पार्टीको आधिकारिक संगठनको धारणाविना भ्रमक समाचार सम्प्रेण नगरिदिन हुन आग्रह गर्दछौं ।’
सर्लाहीका चार स्थानीय तहले पोलिटब्यूरो सदस्य रामेश्वर राय यादव र अचुतम काफ्लेलाई कारवाही सिफारिस गरेको समाचार बाहिरएको थियो । कारवाही सिफारिस भएको भन्ने भएपछि अध्यक्ष प्रचण्डले २ पोलिटब्यूरो सदस्य सहित अरु उजुरीकर्ता भनिएकासँग समेत छलफल गरेका थिए ।
Leave a Reply