चौधरीको रिहाइबारे सरकारले भन्यो– वार्ता गरौं

 ग्लोबल टिभि      बिहिबार, चैत्र १२, २०७७      0

सरकारले टीकापुर घटनाबारे वार्ताद्वारा समस्या समाधान गर्न अग्रसरता देखाएको छ । टीकापुर घटनाका दोषी रेशम चौधरीको रिहाइ लगायतका माग राख्दै माइतीघर मण्डलामा धर्ना बसेका थारु कल्याणकारी सभा र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिका प्रतिनिधिसंगको भेटमा गृहमन्त्री रामबहादुर थापाले मागबारे छलफल गर्न वार्ता टोली बनाउन भनेका हुन् ।

सरकारले छिट्टै वार्ताटोली गठन गर्ने र संघर्ष समितिबाट पनि धर्ना रोकेर वार्ता टोली बनाएर आउन उनले आग्रह गरे । आजैको मन्त्रिपरिषद्को बैठकमा कुरा राखेर वार्ता टोली गठन गरि निष्कर्षमा पुर्याउने उनले प्रतिवद्धता जनाए । टीकापुर घटनाका कतिपय विषयहरु राजनीतिक र कतिपय कानूनी तथा प्रशासनिक रुपबाट हल गर्न सकिने उनको भनाइ छ । पूर्व सांसद रुकमणी चौधरीले धर्नाको पाँचौ दिनमा गृहमन्त्री आफै आएर मागको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताइन् ।

संघर्ष समितिले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्न र रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको मुद्दा फिर्ता गर्न सरकारसंग माग गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *