ग्लोबल टिभि
शुक्रबार, चैत्र १३, २०७७
0
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले नेपालको कृषि उत्पादनमा वृद्धि भएको बताएकी छिन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट पशुपंक्षीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा बोल्दै कृषिमन्त्री अर्यालले कृषि उत्पादनमा वृद्धि भएको बताएकी हुन् ।
परम्परागत कृषि प्रणालीहरु परिवर्तन हुँदै व्यवसायिकतातर्फ उन्मुख भएको बताइन् । आगामी पाँच वर्षमा कृषि र पशुपंक्षीको क्षेत्रमा निर्यात गर्ने गरी पञ्चवर्षिय योजना बनाउने पनि बताइन् ।
मन्त्री अर्यालले आगामी आर्थिक वर्षदेखि विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई कृषिमा आर्कषित गर्ने उद्देश्यका साथ विद्यालयहरुमा कृषि प्रयोगशाला निर्माण गर्ने पनि बताइन् ।
Post Views: 1,436
Leave a Reply