आज : ओली – नेपाल समुहका छुट्टा छुट्टै बैठक
ग्लोबल टिभि
शुक्रबार, चैत्र १३, २०७७
0
काठमाडौं । नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष विचको दुरी झन झन वढ्दै गएको छ । ओली पक्षलेले आज संसदीय दलको बैठक वालाएको छ भने नेपाल पक्षले त्यही समय पारेर छुट्टै भेला वोलाएको छ । औपचारिक रुपमा पार्टी एउटै भए पनि दुवै पक्षले समानान्तर समिति बनाएर गतिविधि चलाएदै आएका छन् ।
यही माहौलका विच ओली पक्षले बोलाएको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ । दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय भएको बैठकमा नेपाल पक्षले भाग नलिने बताएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीलाई एकढिक्का बनाउने र नेपाल पक्षलाई पनि समेटेर कसरी अघि बढ्ने भन्ने बिषय बैठकको एजेण्डा रहेको जानकारी दिएका छन् ।
Post Views: 1,413
Leave a Reply