ग्लोबल टिभि
शनिबार, चैत्र १४, २०७७
0
काठमाडौं । मष्तिस्कघातका कारण निधन भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको पार्थिव शरीरलाई नर्भिक अस्पतालबाट बसन्तपुर स्थित यट्खा निवास पुराइएको छ ।
जोशीको सवलाई मध्यान्ह १२ बजे सम्म निवासमा श्रद्धान्जलीका लागि राखिने र त्यसपछि सानेपा स्थित पार्टी कार्यालयमा दिउँसो २ बजे सम्म राखिने जानकारी दिइएको छ । जोशीलाई श्रद्धान्जली दिनका लागि काँग्रेसका नेता, कार्यकता र उहांका शुभचिन्तक तथा आफ्न्तहरु बिहानै देखि यत्खा निवास पुगेका छन् । एक महिना देखि नर्भिक अस्पतालमा उपचाररत जोशीले शुक्रवार बेलुका ८ः २४ मा प्राण त्यागेका थिए ।
कांग्रेसमा जुझारु नेताको छवि बनाएका जोशी कसैलाई नचिढाउने, शान्त र भद्र स्वभावका थिए । राजधानीमा लोकप्रिय नेतामध्येमा पर्ने जोशीले तीनवटा संसदीय निर्वाचनमा भाग लिएकामा दुई पटक जित र एक पटक हार व्यहोरे ।
Post Views: 2,079
Leave a Reply