सार्वजनिक स्थानमा होली खेल्न नपाइने

स्वास्थ्य सम्बन्धि सबै मापदण्ड पालना गर्न आग्रह

 ग्लोबल टिभि      शनिबार, चैत्र १४, २०७७      0

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा होली खेल्न रोक लगाएको छ । पछिल्लो समय कोभिड–१९ संक्रमण दर बढ्दै गएको र भीडभाड गरी होली खेल्दा जोखिम थप बढाउने भन्दै सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको हो । उपत्यका लगायत पहाडी क्षेत्रमा भोली होली पूर्णिमा मनाइदै छ । यस्तै, सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले चेतावनी दिए ।

कोरोना संक्रमण दर न्युन गर्न स्वास्थ्य सम्बन्धि सबै मापदण्ड पालनामा कडाइ गरिने भएको छ । मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समय–समयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत प्रजिअ पराजुलीले अनुरोध गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *