सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जिवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको दावी गरेका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जिवन्त बनाउन चुनौति थपेको बताए । तर, पनि बहसपछि संसदले गति लिन थालेको बताउँदै उनले अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए ।
गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको उनको भनाइ छ । संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पारे । अहिले केही अन्योलता देखिएपनि निराश हुन पर्ने स्थिति नरहेको उनको भनाइ छ । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्र्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लडन तयार हुनुपर्नेमा पनि उनले जोड दिए ।
Leave a Reply