ग्लोबल टिभि
0
मस्तिष्कघातबाट निधन भएका नेता नविन्द्रराज जोशीको शोकमा नेपाली काँग्रेसले मंगलबार सानेपा केन्द्रिय कार्यालय सहित सबै जिल्लाका कार्यालय बन्द गर्ने भएको छ । आज सानेपामा बसेको केन्द्रिय समितिको बैठकले चैत १५, १६ र १७ गते सबै पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
उक्त दिनमा शोकका कार्यक्रम बाहेक पार्टीका अन्य औपचारिक कार्यक्रम नगर्ने निर्णय पनि आजको केन्द्रिय समिति बैठकले गरेको छ । पूर्व मन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति सदस्य नविन्द्रराज जोशीको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा हिजो राती निधन भएको थियो ।
Post Views: 1,399
Leave a Reply