कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

 ग्लोबल टिभि      बुधबार, पुस ६, २०७९      0

पुस ६ – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि सुरु हुने भने पनि बुथमा मोबाइल लैजान दिनेरनदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको हो । मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान सुरु भएको छ ।

मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । लिस्टमा नाम हेरेरमात्र मतदातालाई कार्यालयभित्र छिराइएको छ भने पत्रकारलाई भित्र जान निषेध गरिएको छ ।

कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सिधा स्पर्धामा उत्रिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंगलबार सँगै उम्मेदवारी दर्ता गराएका थिए ।

लामो समयदेखि नेतृत्व परिवर्तनको आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल मुद्दा विसर्जन गर्दै देउवाकै प्रस्तावक बसेका छन् । पौडेलको प्रस्तावमा पूर्णबहादुर खड्का समर्थक छन् । उता गगन थापाको प्रस्तावकमा शेखर कोइराला छन् भने युवा नेताहरू धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका छन् ।

संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *