अमेरिका युक्रेनको साथमा उभिनेछ: जो बाइडेन

 ग्लोबल टिभि      बिहिबार, पुस ७, २०७९      0

पुस ७ – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई रुससँग युद्ध चलिरहँदासम्म अमेरिकाले युक्रेनको साथ दिने बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमणमा छन्। सोही क्रममा राष्ट्रपति बाइडेनले युक्रेनलाई साथ दिने बताएका हुन्। ‘तपाईं कहिल्यै एक्लो हुनुहुन्‍न’,राष्ट्रपति बाइडेनले भने।

यस वर्षको फेब्रुअरीमा रुसी आक्रमणपछि भोलोडिमिर जेलेन्स्की पहिलो पटक विदेश भ्रमणमा गएका हुन्। भ्रमणमा क्रममा जेलेन्स्कीले जो बाइडेनसँग भेटघाट र त्यसपछि दुवैले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।

जो बाइडेनले अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरभन्दा बढीको नयाँ प्याकेज सहयोगको रूपमा दिएको पुष्टि गरेका छन्। यससँगै अमेरिकाले ४५ अर्ब डलरको अर्को प्याकेज दिनेसमेत वाचा गरेको छ।

राष्ट्रपति जेलेन्स्कीले आफ्नो भ्रमणका क्रममा अमेरिकी कांग्रेसलाई पनि सम्बोधन गरेका थिए । उनले युक्रेनले कहिल्यै आत्मसमर्पण गर्न नहुने बताए। साथै उनले हतियारको आवश्यकतामा पनि जोड दिए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *