बाग्लुङ घटना सुनियोजित– नेपाली काँग्रेस

 ग्लोबल टिभि      सोमवार, चैत्र १६, २०७७      0

नेपाली कांग्रेसले बागलुङ घटनालाई षड्यन्त्रपूर्ण भनेको छ । र, उसले दोषीमाथि कारवाही गर्न माग गरेको छ । आज पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरी बाग्लुङ घटना अमानवीय रहेको बताएका हुन् ।

दोषीलाई तत्कालै पक्राउ गरी कारवाही गर्न पनि विज्ञप्तीमा भनिएको छ । आइतबार होली खेल्ने क्रममा बाग्लुङको बडिगाड गाउँपालिका–१० मा दुई पक्षबीच झडप हुँदा प्रकाश कुँवर र दिपक नेपालीको मृत्यु भएको थियो । नेपाली काँग्रेसले घटना सुनियोजित भएको आरोप लगाएको छ ।

घटनाको गहिरो अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ गर्न सरकारसंग माग गरेको छ । कुँवर नेपाली काँग्रेस बाग्लुङका सदस्य हुन भने नेपाली सक्रिय कार्यकर्ता हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *