चीनले अनुदानमा दिएको खोप प्रधानमन्त्रीलाई हस्तान्तरण

 ग्लोबल टिभि      सोमवार, चैत्र १६, २०७७      0

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सरकारलाई हस्तान्तरण गरिएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा एक कार्यक्रम गरी नेपालका लागि चिनीया राजदूत होउ यान्छीले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी हुन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबसबाट कोरोनाविरुद्धको खोप आज बिहान मात्रै काठमाडौं ल्याइएको थियो । चीन सरकारले कोरोनाविरुद्धको ‘भेरोसेल’ खोपको आठ लाख डोज नेपाललाई उपलब्ध गराएको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोप पनि दुई मात्रा लगाउनुपर्छ । यसअघि भारत सरकारले सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्डको १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *