थरुहट आन्दोलनकारीसंग वार्ता गर्न सरकारद्वारा तीन सदस्यीय टोली गठन

 ग्लोबल टिभि      सोमवार, चैत्र १६, २०७७      0

सरकारले थारु कल्याणकारी सभा, थरुहट तथा थारुवान संयुक्त संघर्ष समितिसंग वार्ता गर्न ३ सदस्यीय वार्ताटोली गठन गरेको छ । आज संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरिएको जानकारी दिएका हुन् ।

वार्ता टोलीको अन्य सदस्यहरुमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहेका छन् । थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समिति गठन गरी सांसद रेशम चौधरीको रिहाइ लगायत १९ बुँदे माग अघि सारेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *