ग्लोबल टिभि
मङ्लबार, चैत्र १७, २०७७
0
काठमाडौं । नेकपा खारेज गरी माओवादी केन्द्र र एमाले ब्यूताउँने सर्वोच्च अदालतको फैसलाविरुद्ध आज माओवादी केन्द्र पुनरावलोकनका लागि सर्वोच्च अदालत जाने भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन माओवादी केन्द्र र एमालेको एकतालाई खारेज गर्ने निर्णय गरेको थियो ।
फैसला पुनरावलोकनको माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निवेदन दिने जानकारी दिएको छ । अध्यक्ष दाहालले बिहान ११ बजे सर्वोच्च गएर पुनरावलोकनको निवेदन दिने उनको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्र र नेकपा एमालेका बीचमा २०७५ जेठ ३ गते एकता भएको थियो ।
सर्वोच्चको आदेश पछि अहिले दुई पार्टी ब्युँतिएका छन् ।
Post Views: 1,115
Leave a Reply