अदालतको फैसला पुनरावेदन गर्न माग गर्दै अध्यक्ष दाहाल पुगे सर्वोच्च अदालत

 ग्लोबल टिभि      मङ्लबार, चैत्र १७, २०७७      0

काठमाण्डौ । पार्टी एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसला विरुद्ध पुनरावेदनको माग गर्दै निवेदन लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुग्नु भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने फैसलामा पुनरावेदन दिन माओवादी केन्द्रका अध्यक्ष दाहाल सर्वोच्च अदालत पुग्नु भएको हो ।

गत फागुन २३ गते सर्वोच्चले नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसलामा एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि प्रचण्ड पुनरावलोकनका लागि मंगलबारअदालत जानु भएको हो । सो फैसलापछि नेपाल कम्युनिस्ट पार्टी एकता २०७५ जेठ ३ गते अघिकै एमाले र माओवादी केन्द्रमा पुगेको छ ।

पुनरावलोकनमा जानुअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग समेत छलफल गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *